Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्री हेरफेरमा किन ढिलाइ गर्दैछ एकीकृत समाजवादी ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३ २०७९
  • 2K
    SHARES

©नेत्र बहादुर कार्की

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको सो पार्टीले निर्णय कार्यान्वयन गर्न नसकेको हो ।

पार्टीको आन्तरिक सहमतिका आधारमा ६ महिना कार्यकाल पूरा गरेका चार मन्त्रीलाई फिर्ता बोलाएर अर्को टीम पठाउने निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको हो । बुधबार सकिएको स्थायी कमिटी बैठकले सचिवालयको निर्णय अनुमोदन गरेको थियो र नेताहरू बजेट पारित भएलगत्तै मन्त्री साटिने दाबी गरेका थिए ।

तर ‘संसद्‌बाट बजेट पारित भइसक्दा पनि एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णयलाई अगाडि बढाएको छैन । ‘बजेट पारित भएको छ, हामी मन्त्री हेरफेरको निर्णयबाट पछि हटेका छैनौँ,’ प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘आन्तरिक छलफल जारी छ । पश्चात् उचित समयमा नयाँ मन्त्रीहरू पठाउने छौँ ।’

सो पार्टीले गत जेठ २२ गते चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा सिफारिस गरेको थियो । शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम पठाएको थियो ।

त्यसबेला नै प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पास भएपछि मन्त्रीहरू हेरफेर गर्न सहमति जनाएका थिए । मन्त्रीहरूले पनि पार्टीले आफूहरूसँग छलफल नगरेरै एकाएक निर्णय बाहिर आएको प्रतिक्रिया दिएका छन् । उसो त मन्त्रीहरूले अनेक बाहानामा पार्टीको निर्णयलाई चुनौती दिएको भन्दै समाजवादीका नेता/कार्यकर्ता असन्तुष्ट छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४