Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय समितिले एसपीपीबारे छलफल गर्न प्रधानसेनापतिलाई बोलायो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २ २०७९
  • 6.8K
    SHARES

काठमाडाैँ । संघीय संसद् प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी सैन्य रणनीतिअन्तर्गत रहेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ । एसपीपीका लागि प्रधानसेनापतिले नै पत्र पठाएको सार्वजनिक भएपछि बोलाएर छलफल गर्न लागिएको समिति सचिवालयले जनाएको छ ।

यसअघि समितिले एसपीपीमा हस्ताक्षर हुन लागेको भनी चर्चा भएपछि परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई असार ३ गते र बसार ५ गते प्रधानमत्री शेरबहादुर देउवालाई बोलाएर छलफल गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्रबारका लागि तय भएको परराष्ट्रमन्त्रीसँग छलफल गर्ने कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति शर्मालाई पनि बोलाएको हो । शुक्रबारको कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई पनि बोलाइएको छ ।

छलफलको विषय नेपालको परराष्ट्र नीति कार्यान्वयनका र प्रधानमन्त्रीको निकट भविष्यमा हुने भनिएको अमेरिकाको भ्रमणसम्बन्धी छ । परराष्ट्रमन्त्री, प्रधानसेनापतिसँग छलफल गरेपछि असार ५ गते प्रधानमन्त्रीसँग छलफल गर्ने समितिको निर्णय छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४