Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१ अर्ब २ कराेड रुपैयाँ बराबरकाे हेरोइनसहित ७ अफ्रिकन पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २ २०७९
  • 3.2K
    SHARES

काठमाडाैँ । ५१ किलाे खैराे तथा सेता हेराेइनसहित ७ जना अफ्रिकन नागरिक पक्राउ परेका छन् ।

लागू औषध नियन्त्रण ब्यूराेले त्रिभुवन विमानस्थल र काठमाडाैँका विभिन्न ठाउँ गरेकाे ७ दिन लामाे अनुसन्धान तथा निगरानीका क्रममा ७ जना अफ्रिकन नागरिक पक्राउ परेकाे प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जन प्रहारलाई जानकारी दिए ।

पक्राउ पर्नेहरूमध्ये वर्ष २९ की सबिसी थन्डीकेले, वर्ष ४६ कि मुरिल क्युड्युज्की थिम्बेनी रहेका छन् । उनीहरू जेठ २९ गते फ्लाइ दुबईकाे उडानबाट काठमाडाैँ उत्रिएका थिए । प्रहरीले उनीहरूलाई ठमेलकाे एउटा हाेटेलबाट पक्राउ परेका हुन् । उनीहरूकाे साथबाट १६ केजी सेताे हेराेइन बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

त्यस्तै, फ्लाइ दुबईकै उडानबाट जेठ ३० गते काठमाडाैँ उत्रिएकी ४६ वर्षीय थाबालाला ख्यानीसेलेलाई ठमेलकै एउटा हाेटेलबाट पक्राउ परेकी छन् । उनकाे साथबाट ८ किलाे सेताे हेराेइन बरामद भएकाे छ । त्यस्तै, साेही दिन फ्लाइ दुबईबाटै काठमाडाैँ उत्रिएकी राेसीहा नाेनक्लीलेलाई ठमेलकै एउटा हाेटेलबाट ८ किलाे हेराेइनसहित पक्राउ गरिएकाे छ ।

त्यस्तै, फ्लाइ दुबईबाट जेठ २६ गते काठमाडाैँ उत्रिएकी महल्काे माैरिन माथिबालाई ठमेलकाे एउटा हाेटेलबाट ७ किलाे सेताे हेराेइनसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

कतार एअरकाे उडानबाट जेठ ३१ मा काठमाडाैँ उत्रिएकी माेराेइसी सुजेन काेफू ४ किलाे सेताे हेराेइन र ४ किलाे खैराे हेराेइन सहित पक्राउ परेकी छन् । त्यस्तै साेही दिन फ्लाइ दुबईबाट काठमाडाैँ उत्रिएकी मार्लिसे बेडेगाहरस्ट ६ किलाे सेता हेराेइनसहित ठमेलबाटै पक्राउ परेकाे प्ररही उपरीक्षक श्रेष्ठले बताएका छन् ।

उनीहरूविरुद्ध लागू औषध (नियन्त्रण) ऐन २०३३ बमाेजिम अनुसन्धान सुरु गरिएकाे उनले बताए ।

यसअघि पनि पटकपटक साउथ अफ्रिकाबाट आउने महिलाहरू लागू औषधसहित पक्राउ पर्ने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४