चितवन । चितवनमा पूर्व म्यादी प्रहरीलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको छ । साथीहरूसँग सामुदायिक वनमा निउरो टिप्न गएकी भरतपुर २७ की पूर्व म्यादी प्रहरी २३ वर्षकी रेखा बस्नेतलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको हाे ।
चितवन प्रहरीकाअनुसार उनी साथीहरूसँग निउरो टिप्न राधा कृष्ण मध्यवर्ती सामुदायिक वन गएकी थिइन् । उनको खोजी कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दिब्यनगर र खड्गदल गण मेघौलीबाट गएको नेपाली सेनाको टोलीले बेपत्ता बस्नेतको खोजी गरिरहेको छ । पछिल्लो समय चितवनको सामुदायिक वनभित्र बाघको आक्रमण बढिरहेको छ ।
