Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वडाध्यक्षले स्विकारेनन् महिला सचिव, मेयर भन्छिन्- ‘उहाँले ठूलो गल्ती गर्नु भो, सच्चिनुपर्छ’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २ २०७९
  • 2.5K
    SHARES

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० का वडाध्यक्ष अर्जुनकुमार पुरीले पुरुष कर्मचारी माग गरेका छन् । उनले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी माग गरेका हुन् ।

वडाध्यक्ष पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडा सचिव पुरुष नै व्यवस्था गरिदिन माग गरेका हन् । नगरपालिकाले १० नं वडामा सुशीला दाहाललाई हालै सरुवा गरी पठाएको थियो । तर सोमबार बसेको वडा समितिको बैठकले उनलाई हाजिर नगराई पुरुष कर्मचारी नै माग गर्ने निर्णय गरेको हो ।

‘यो वडा भौगोलिक तथा जनसङ्ख्याको हिसाबले ठूलो रहेको साथै यस वडाको साविक ८ र ९ लाई लक्षित गरी हप्ताको एक दिन नवलपुरबाट सेवा प्रवाह गर्ने काम भइरहेको छ,’ वडाको पत्रमा उल्लेख छ, ‘पञ्जीकरण र सामाजिक सुरक्षाभत्ता अनलाइन प्रणालीबाट प्रवाह भइरहेकाले कामको चाप बढी हुने र जनप्रतिनिधिहरू नयाँ भएको कारणले महिला वडा सचिवबाट कार्य गर्न असजिलो हुने भएकाले यस वडामा पुरुष कर्मचारीलाई नै वडा सचिव व्यवस्था गरीदिन हुन अनुरोध छ ।’

उहाँले ठूलो गल्ती गर्नु भो : मेयर राई

मेयर विमला राईले वडाध्यक्षले ठूलो गल्ती गरेको प्रतिक्रिया दिएकी छन् । महिला कर्मचारीलाई अस्वीकार गरेकोबारे जानकारी पाएको बताउँदै बिहीबार कार्यालय पुगेर छलफल गर्ने मेयर राईले बताइन् ।

यसबारे नगर कार्यसमितिमा छलफल हुने बताउँदै उनले निर्णय फिर्ता लिन सक्नुपर्ने बताएकी छन् । ‘लोक सेवा आयोग पास गरेर आएका कर्मचारीलाई महिला भएकै कारण अयोग्य भन्ने अधिकार कसैलाई पनि छैन,’ मेयर राईले जन प्रहारलाई भनिन्, ‘उहाँले ठूलो गल्ती गर्नुभयो, निर्णय फिर्ता लिएर आत्मसमीक्षा गर्न सक्नुपर्छ ।’

यो विषयले जिल्लाभर नै चर्चा पाएको छ । जनप्रतिनिधिबाटै लैङ्गिक विभेद भएको भन्दै वडाध्यक्ष पुरीको विरोध भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४