Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको मुद्दा दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १ २०७९
  • 3.8K
    SHARES

काठमाडौँ । सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डेविरुद्ध १५ वर्ष कैद सजायको मुद्दा दर्ता भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार कसुर र बाल यौन दुर्व्यवहारको कसुरमा आज बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । आरोपित, पीडित र अन्यको बयान लिई २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयले अध्ययन गरेपश्चात आज बुधबार पाण्डेविरुद्ध मुद्दा दर्ता भएको हो ।

साथै, पाण्डेद्वारा पीडित युवतीले आफूमाथि यौन हिंसा भएको भन्दै प्रहरीसमक्ष बयान दिएकी छन् । पीडितले मिडियामार्फत नग्न भिडियो सार्वजनिक गर्ने धम्की दिँदै पाण्डे आफूलाई बलात्कार गरेको प्रहरीलाई बयान दिएकी छन् । पाण्डेले बन्धक बनाएर आफूलाई पटक-पटक बलात्कार गरेको पनि युवतीले बयान दिएकी छन् ।  आफूले नग्न तस्वीर खिचेर राखेको भन्दै विभिन्न धम्की दिएर र डर देखाएर बलात्कार गर्ने गरेको उनले दाबी गरिन् ।

होटलको कोठामा एकजना अपरिचित पुरुष व्यक्ति बसिरहेको र तीसँग पनि पाण्डेले आफ्नै अगाडि शारीरिक सम्पर्क राख्न बाध्य पारेको पीडितले बताएकी छन् । तर, ती व्यक्ति को थिए भन्ने पीडितले नचिनेको बताएकी छन् । पाण्डेले पनि यस बारेमा खुलाएका छैनन् ।

मानव बेचबिखन तथा ओसार पसारको कसुर अन्तर्गत १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा तीन वर्ष गरी १८ वर्षसम्म कैदको माग गर्दै पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ । ग्लोबल भिषाज कन्सल्टेन्सीको सञ्चालकसमेत रहेका पाण्डेले भने आफूविरुद्ध लागेको आरोपको इन्कारी बयान दिएका छन् ।
बयान:


No description available.
No description available.
No description available.
No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४