काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नगरेको स्पष्ट पारेको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर एसपीपीसम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक समझदारी भविश्यमा कोही कसैसँग पनि गर्न नहुनेमा सेना सदैव स्पष्ट रहेको विज्ञप्तिमा लेखिएको छ ।
