Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय बजारबाट कागज ल्याउनुपर्ने भएकाले पाठ्यपुस्तक छाप्न ढिला भयो : शिक्षामन्त्री पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३१ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्र्तगत विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री पौडेलले कागजको आपूर्ति हुन नसकेका कारण समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताउनुभएको हो । उहाँले पाठ्यपुस्तक छाप्ने कागज अन्तर्राष्ट्रिय बजारबाट ल्याउनुपर्ने र सो को आपूर्ति हुन नसक्दा छपाईमा ढिलाइ भएको बताउनुभयो ।

त्यसैगरी पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री लिमिटेडका कर्मचारीहरु स्थानीय तह निर्वाचनमा जानुपर्ने स्थिति भएका कारण पनि असर परेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री पौडेलले पाठ्यपुस्तक उपलब्ध गराउन १५ दिन मात्रै ढिला भएको दाबी गर्नुभयो ।

मन्त्री पौडेलले बालविकास शिक्षकलाई संघीय सरकारबाट २ हजार रुपैयाँ थप गरी १० हजार उपलब्ध गराउन बजेट व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले हाल विद्यालयमा कार्यरत पुर्व प्राथमिक शिक्षक, कर्मचारीको विवरण अध्यावधिक गरी कर्मचारी व्यवस्थापनको सेवा शर्त निर्धारणका लागि कार्य अघि बढाइएको जानकारी दिदैँ सो सेवा शर्त निर्धारण भए पश्चात सोही अनुरुप कर्मचारीको तलब निर्धारण हुने गरी अर्थ मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाईने पनि बताउनुभयो ।

त्यसैगरी उहाँले संघीय शिक्षा ऐनको मस्यौदा तयार भैसकेको र सहमतिका लागि कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक छलफल भैरहेको बताउनुभयो । सहमतिपछि सदनमा प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

मन्त्री पौडेलले विद्यालय तह पुरा गर्दा विद्यार्थीमा कुनै प्रकारको व्यावसायिक सीप प्रदान गरी शिक्षालाई रोजगारमूलक बनाउन १ लाख विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गरिने बताउनुभयो । त्यस्तै युवालाई छोटो अवधिको रोजगारमूलक तालिम दिने कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । विद्यालय तहमा नै विद्यार्थीलाई व्यवसाय प्रति आकर्षित बनाउन सिक्दै कमाउदै कार्यक्रम चालु वर्ष १४० विद्यालयमा शुरु गरिएको र आगामी वर्ष थप १०० विद्यालयमा विस्तार गर्नेगरी थप बजेट विनियोजन गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४