Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माछामार्ने क्रममा खोलामा डुबेर दुई युवकको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ३० २०७९
  • 4K
    SHARES

तनहुँ। तनहुँको भानु नगरपालिका–२ का दुई जना युवकको माछामार्ने क्रममा आइतबार खोलामा डुबेर मृत्यु भएको छ ।

२२ वर्षीय सागर गुरुङ र ३५ वर्षीय धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो । भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेरहमा पौडी खेल्दै माछा मार्ने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतक दुवै जनाले नाताले दाजु र भाइ हुन् । मामा र फुपुको छोरा दुई मिलेर माछा मार्न गएको र दुवै जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको स्थानीयबासी राजेश कार्कीले जानकारी दिनुभयाे ।

आइतबार दिउँसो साँढे ४ बजे दाजुभाई माछा मार्न गएकोमा स्थानीयले मृत अवस्थामा भेटिएको प्रहरीलाई खबर गरेको कार्कीले बताउनुभएकाे छ। साँझ ७ बजे खोलाबाट शव निकालेर दमौली अस्पतालमा पोष्ट मार्टमको लागि लगिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिनुभयो । वर्षायाम सुरु भएकोले पनि पानीको बहाव खोलामा धेरै रहेकाे छ । सो ठाउँमा गहिरो भएकोले यस अघि मानिसको डुबेर मृत्यु हुने गरेको स्थानीय बासीन्दाले बताएका छन् ।

प्रत्येक वर्ष घटना घट्ने ठाउँ भएकोले बाङ्गेरहमा माछा मार्ने र पौडी खेल्न बन्द गरी खतरनाक ठाउँ भनि होडिङ बोर्ड राख्ने काम गर्नुपर्ने स्थानीय हरि खड्काले सुझाव दिनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४