Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारसँग धेरै माग नराख्नुहोस्: प्रधानमन्त्री देउवा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ३० २०७९
  • 2.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीले चाहेअनुसार सरकार नचल्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं शुरू भएको राष्ट्रिय सम्मेलनको उद्घाटनमा कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार धेरै काम गर्ने स्थिति नरहेको बताउनुभयो । उहाँले पार्टी सम्बद्ध संघसंस्थाका प्रतिनिधिलाई सरकारसँग धेरै माग नगर्न आग्रह पनि गर्नुभएको छ ।

नेपाली कांग्रेसको एकलौटी सरकार नभई गठबन्धनको भएका कारण सबैको माग सम्बोधन गर्न नसकिने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो– ‘यो सरकार कांग्रेसको एकलौटी सरकार होइन, त्यसैले सरकारसँग धेरै माग नराख्नुहोस् । बजेटमा धेरै विषय समेटिएको छ, नसमेटिएका विषयलाई विस्तारै पूरा गर्दै जान्छौँ । सबै कुरा एकैचोटि पूरा हुँदैन ।’ प्रधानमन्त्री देउवाले श्रमिकहरूको हक, अधिकार र आवश्यक सुविधा पूरा गराउने मामिलामा भने सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कोभिड महामारीले देशको उद्योग धन्दालगायत सम्पूर्ण कुरामा त्यसको प्रभाव पारेको पनि उहाँले बताउनुभयो।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४