Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बर्खा लाग्यो, काठमाडौंमा हिंड्नै गाह्रो भो ! (फोटो फिचर)


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २८ २०७९
  • 4.5K
    SHARES

©नेत्र बहादुर कार्की

देशको संघीय राजधानी हो काठमाडौं । देशको जेठो महानगरपालिका रहेको काठमाडौं विकासका पूर्वाधारका हिसाबमा देशका अन्य महानगरपालिकाभन्दा अगाडि नै हुनुपर्ने हो । तर पछिल्लो समय विकासका पूर्वाधार निर्माणका हिसाबले कनिष्ठ महानगरपालिकाले जित्न थालिसके काठमाडौंको अवस्था उस्तै छ ।

काठमाडौंको विकासका पूर्वाधारको काम भने कछुवाको गतिमा अघि बढ्दैछ । एक हिसावले भन्ने हो भने काठमाडौंलाई हेरेर देशभरको मूल्यांकन गरिन्छ । राजधानी भइसकेपछि सुव्यवस्थित, सफा, हराभरा र देशको ऐनाका रुपमा काठमाडौंलाई चित्रण गर्दछन् कतिपयले । किनभने अन्य कुनैपनि देशको संघीय राजधानी उत्रँदा देशको सम्पूर्ण मूल्यांकन गर्न सकिन्छ । तर काठमाडौंको वास्तविकता भने त्यस्तो छैन ।

काठमाडौं उपत्यकाभित्रका सडकले काठमाडौंको वास्तविकता झल्काउँछ । काँठलाई काठमाडौं जोड्ने सडकको नै मर्मतसम्भार हुन सकेको छैन्। जसकारण ठूला ठूला खाडल बनेका छन् । पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारी दुर्घटना झनै बढेको छ ।

त्यतिमात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँडडुल गर्ने नागरिकलाई पनि धुवाँ, धुलो र हिलोको त्यत्तिकै समस्या छ । काठमाडौंलाई कतिपयले अव्यवस्थित सहरको उपमा दिन थालिसकेका छन् । ट्राफिक जामको कुरा त धेरै पछिको कुरा हो । सवारीसाधन गुड्ने सडक नै व्यवस्थित छैनन्, कतिपय ठाउँका । राम्रा भनिएका सडकमा पनि ठाउँठाउँमा खाल्डाखुल्डी धेरै भेटिन्छन् । अहिले मनसुन सुरु भएसँगै राजधानीका सडक हिलाम्मे छन् ।

चक्रपथभित्रका कालोपत्रे सडक ढलान नहुँदा पानी जमेर खोलाझैं बग्छन् । पानी परेको बेलामा सवारीसाधन रोकेर राख्नुपर्ने दरिद्र अवस्था छ काठमाडौंका सडकको ।
चक्रपथ बाहिर कालोपत्र उप्केर हिँडिनसक्नु हुन्छ । यसको वास्तविकता त्यतिमै सीमित छैन । कतिपय सडक वर्षौंदेखि टेण्डरमा परेर बन्न सकेका छैनन् त कतिपय सरकारले बनाउन चाहिरेको छैन । यसको सम्पूर्ण असर भने आम नागरिकलाई नै छ ।

पानी पर्‍यो सवारी रोक्नुपर्ने, घाम लाग्यो धुवाँ र धुलोले हिँडिनसक्नु हुन्छ । सडक निर्माणमा सरकारको लापरबाही त्यत्तिकै देखिन्छ । यात्रुहरू जाखिममा यात्रा गनै बाध्य भएका छन् ।

नख्खु-भैंसेपाटी, चाबहिल-कलंकी, चाबहिल-जोरपाटीलगायतका सडकमा वर्षायाममा हिँडिनसक्नु हुन्छ । कतिपयले यीमाथि उल्लेखित सडकलाई ज्यानमारा सडकको नाम दिने गर्छन्, यात्रुहरू ।

अव्यवस्थित सडक निर्माणका कारण ठाउँठाउँमा ढल राख्दा जोखिम त निम्त्याएको छ नै साथमा केहीले ज्यानसमेत गुमाइसकेका छन् । यसबारेमा सरकार अझै गम्भीर नबन्ने हो भने नागरिकले ज्यान जोखिममा हालेर हिँड्नुको अर्को विकल्प छैन ।

    

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४