Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मूल्यवृद्धि ८ प्रतिशत, काठमाडौं र तराईमा दुई गुणाले बढ्यो महँगी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २७ २०७९
  • 8.2K
    SHARES

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा समग्र मूल्यवृद्धि ८ प्रतिशत नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले सर्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.२२ प्रतिशतले वृद्धि भएको छ । गत आव १० महिनामा यस्तो मूल्य वृद्धि ३.६५ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७८ वैशाखको तुलनामा यस वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २४.८६ प्रतिशतले बढेको छ ।

यस्तै फलफूल १२.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको मूल्य वृद्धि ११.३० प्रतिशत छ । यस्तै दाल तथा गेडागुडीको मूल्य वृद्धि १०.५३ प्रतिशत हुँदा सुर्तीजन्य पदार्थको मूल्य वृद्धि ९.७० प्रतिशत छ ।

गैर खाद्य तथा सेवा उपसमूह अन्तर्गत यातायातमा २१.८१ शिक्षामा ११.६४ र मनोरन्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ । समिक्ष अवधिमा तराई क्षेत्रमा मूल्य वृद्धि आकासिएको केन्द्रीय बैंकले जनाएको छ ।चालु आवको १० महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत तराईमा ८.१५ प्रतिशत र पहाडमा ७.८९ प्रतिशत छ । यस्तै हिमाल क्षेत्रमा मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति क्रमश ३.६२, ३.५१, ४.१४ र १.३३ प्रतिशत थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४