Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुखको चार दिने नेपाल भ्रमण यस्तो छ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २७ २०७९
  • 7.3K
    SHARES

काठमाडौं । अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार हिजाे नेपाल आएका छन् ।

उनलाई हिजाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए । नेपाली सेनाका अनुसार उनले शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनको भ्रमण तालिकाअनुसार सगरमाथाको आधार शिविर पुग्ने तथा आइतबार उनले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्नेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार नेपाल र अमेरिकाबीच कायम रहेको दशकौँ लामो रक्षा सहकार्यको निरन्तरताका रूपमा उनको भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा फ्लिनले नेपाल सरकारका उच्च नेतृत्वसँग पनि शिष्टाचार भेटघाट गर्ने जनाइएको छ ।

उनले आफ्नो बसाइका क्रममा नेपालले राष्ट्रसङ्घीय शान्ति सेनामा पु¥याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४