Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोकुलगंगा गाउँपालिकाको प्रवक्तामा चन्द्र सुनुवार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २४ २०७९
  • 6.7K
    SHARES

काठमाडौँ / रामेछाप गोकुलगंगा गाउँपालिकाको प्रवक्तामा चन्द्र बहादुर सुनुवार चयन भएका छन् ।

सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले सुनुवारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । गोकुलगंगा गाउँपालिका वडा नं ६ को वडाध्यक्ष समेत रहेका सुनुवारलाई प्रबक्ता तोकिएको गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले जन प्रहारलाई जानकारी दिनुभयो । गोकुलगंगा गाउँकार्यपालिकाले गरेका निर्णय, कार्य सम्पादन तथा पालिकाबाट भएका गतिविधिका बारेमा जानकारी गराउनको लागि प्रवक्ता चयन गरिएको अध्यक्ष खड्काले बताउनु भएको हो ।

प्रवक्ताको जिम्मेवारी पाएका सुनुवारले गोकुलगंगावासी, संचार जगत एवं सरोकारवाला सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

प्रवक्ताको जिम्मेवारी पाएका सुनुवार २०७४ को निर्वाचनमा वडा नं ६ फर्पुबाट वडाध्यक्षमा निर्वाचित भएर पाँच वर्षको कार्यकाल बिताएर पुनः २०७९ को निर्वाचनबाट पनि निर्वाचित भएका छन् ।

कार्यपालिकाको बैठकः विभिन्न निर्णय सहित १५ समिति गठन

गोकुलगंगा गाउँपालिकाले प्रवक्ता चयन सँगै अन्य विभिन्न निर्णयहरु पनि गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको लागि २०७९ असार २ गते भित्र सबै वडाले आफ्ना योजनाहरु गाउँपालिकामा पेश गर्नु पर्ने, आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको लागि असार ३ र ४ गते सबै विषयगत समितिको बैठक बस्ने, आगमी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको लागि असार ६ गते कार्यपालिकाको बैठक बस्ने र असार ८ गते आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरिएको प्रवक्ता चन्द्र बहादुर सुनुवारले जन प्रहारलाई जानकारी दिए ।

त्यस्तै कार्यपालिकाको बैठकले स्थानीय राजश्व परामर्शा समिति, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पुर्वाधार विकास समिति, वन वातावरण तथा विपद व्यवस्थापन समिति, सुशासन तथा संस्थागत विकास समिति, लेखा समिति, विद्यायक समिति, स्थानीय न्यायिक समिति, योजना अनुगमन तथा सुपरिवेक्षण समिति, स्थानीय दर रेट निर्धारण समिति, स्थानीय खरिद समिति र स्थानीय खरिद मूल्यांकण समिति गठन गरिएको प्रवक्ता सुनुवारले जानकारी दिए ।

यस्ता छन् गाउँपालिकाका निर्णय

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४