©पुष्कर खड्का
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर २ भडारेका ६० वर्षिय शेर बहादुर पहरीको भीरबाट लडेर
मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ।
जिल्ला प्रहरी कार्यलय रामेछापले दिएको जानकारी अनुसार पहरी हिजो साँझ आफ्नै घरमुनि रहेको भीरबाट लडेर गम्भिर घाईते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिनुभयो ।