Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय चुनावबारे गठबन्धनमा छलफल, कात्तिक २७ वा मंसिर ४ उपयुक्त भएकाे ठम्याइ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १८ २०७९
  • 3.7K
    SHARES

काठमाडाैँ । संसदीय चुनावबारे सत्तारुढ पाँचदलीय गठबन्धनमा छलफल शुरू भएकाे छ ।

शीर्ष नेताहरूबीचकाे भेटमा सामान्यतया: छलफल भइरहे पनि साेमबार बसेकाे बैठकमा भने औपचारिकरूपमै छलफल भएकाे हाे । साेमबार गठबन्धनले स्थानीय तह सदस्य निर्वाचन समग्रमा सफल नै भएकाे निष्कर्ष निकाल्दै ‘प्रदेश र स्थानीयस्तरमा गठबन्धन कायम राख्न’ निर्देनश दिएकाे थियाे ।

साेही बैठकमा संसदीय निर्वाचनबारे पनि छलफल भएकाे थियाे । बैठकमा सहभागी एक नेताकाअनुसार कात्तिक २७ वा मंसिर ४ मा पार्नेगरी छलफल भएकाे हाे । ‘गठबन्धनकाे बैठकमा स्वाभाविकरूपमा संसदीय निर्वाचनबारे छलफल हुने नै भयाे,’ उनले भने, ‘नेताहरूले कात्तिक २७ वा मंसिर ४ मा पर्‍याे भने राम्राे हुन्छ भन्नेबारे छलफल भएकाे थियाे ।’

यसअघि २०७४ मंसिरमै संसदीय चुनाव भएकाे थियाे । नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियाे ।

निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम ढिलो दिएका कारण सांसदहरूले फागुन २० गतेदेखि कार्य प्रारम्भ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४