Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वृद्धभत्ता ६८ वर्षमै दिने सरकारको निर्णयको पूर्वअर्थमन्त्री पाण्डेद्वारा बिरोध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १८ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा विरोध गर्नुभएको हो ।

पाण्डेले बजेटले वृद्ध भत्ताको उमेर घटाए पनि त्यसको फाइदा गठबन्धनलाई नहुने टिप्पणी गर्नुभयो । वृद्धभत्ता एमालेको ब्रान्ड बनिसकेको बताउनु हुँदै उहाँले भन्नुभयो, ‘कांग्रेसको मेलमिलाप नीति, माअ‍ोवादीको जनयुद्धमा हाम्रो दाबी पुग्दैन । त्यसैगरी वृद्धभत्तामा अरु दलको दाबी पुग्दैन । उमेर घटाए पनि जनताले एमालेलाई नै धन्यवाद दिन्छन् । बरु वृद्धभत्ता ५ हजार पुर्‍याउने भन्नुभएको थियो । किन बढाउनुभएन भन्ने हाम्रो प्रश्न छ ?’

हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उहाँले यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४