Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुर्व्यवहार आरोपी तामाङलाई अभिनेत्री मगरद्वारा ‘भाइ’ सम्झेर माफी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १७ २०७९
  • 11.6K
    SHARES

काठमाडौं । ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले दुर्व्यवहारको आरोप लागेका फुर्पा तामाङलाई भाइ सम्झेर माफी दिएकी छन् ।

मंगलबार दुवै पक्षबीच भएको सहमतिमा मगरले आरेपी फुर्पालाई भाइ सम्झेर माफी दिएकी हुन् भने अभिनेत्री मगरले पनि बौद्ध धर्मावलम्बीसँग माफी मागेकी छन् ।

दुवै पक्ष छलफलले आगामी दिनमा यस विषयमा विवाद नगर्ने, एकअर्काप्रति अनावश्यक टिप्पणी नगर्ने र धार्मिक तथा साम्प्रदायिक द्वेश फैलन नदिन सबै सरोकारवालालाई अपिल गर्ने सहमति भएको छ ।

सहमतिपत्रमा अभिनेत्री मगर, आरोपी फुर्पा तामाङ, कबड्डी फिल्मको तर्फबाट निर्देशन रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जाग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् ।

यस्तै, बौद्ध धर्मावलम्बी, भिक्षु तथा लामा समुदायहरूको तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के र हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् ।

जेठ १५ गते सिभिल मलमा दर्शकसँगको साक्षात्कारमा अभिनेत्री मगरमाथि दुर्वयवहार गरेको भन्दै प्रहरीले तामाङलाई पक्राउ गरेको थियो ।

आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो । अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन् ।

मंगलबार भने प्रमुख जिल्ला अधिकारीको आदेशमा तामाङ तीन हजार धरौटीमा रिहा भएका छन् । तामाङ रिहा भएसँगै बौद्ध भिक्षुहरू र फिल्मको टीम बसेर घटनाको सहमति गरेको हो ।

प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन हुन् । प्रदर्शनकारीहरुले भिक्षुलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४