Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रन्थनिएका ओलीले संसद्‍मा कुण्ठा पोखे : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १४ २०७९
  • 4.8K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा कुण्ठा पोखेको टिप्पणी गरेका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले केपी ओलीले गरेको सम्बोधन रन्थनिएको बेलाको कुण्ठा भएको टिप्पणी गरेका हुन् ।

ओलीले बिहीबार सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो विचार राख्दै संसद्मा तीन घण्टा लामो सम्बोधन गरेका थिए । ओलीको त्यही सम्बोधनमाथि थापाले टिप्पणी गरेका हुन् । ‘कुण्ठामा केबल सहानुभूति मात्रै हुन्छ ।

त्यसैले यो बेलामा रन्थनिएको बेलामा उठेर, बसेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेँटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ । कहाँ बोल्ने कहिले बोल्ने भन्ने बोल्नेले हेक्का राख्ने कुरा हो । हामीले केबल बिचरा भन्न सक्छौँ । यति मात्रै हो,’ सांसद थापाले भने ।

नीति तथा कार्यक्रममा काठमाडौँमा एउटा मात्रै नगरपालिकाले केही गर्न नसक्ने र सबै मिलेर काम गर्नुपर्ने गरी योजना ल्याएको छ । त्यसको प्रशंसा गर्दै थापाले भने, ‘काठमाडौँलाई चाहिएको सडक विस्तार आयोजना होइन, फुटपाथ विस्तार, निर्माण, पुनर्स्थापना र स्तरोन्नति हो ।’

उनले पेट्रोलियम पदार्थमाथिका निर्भरता घटाउनुपर्नेमा जोड दिए। त्यसका लागि सरकारले जनतालाई राहत दिनुपर्ने कार्यक्रम ल्याउनुपर्ने बताए । ‘पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने कुरा आजको सबैभन्दा ठूलो प्राथमिकता हुनुपर्छ।’ थापाले भने, ‘यो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो । यसबाट उत्पन्न समस्या पटक पटक भोगका पनि छौँ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४