Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डद्वारा ओलीलाई प्रश्नः तपाईंहरू टाउको काट्ने मान्छे हो भन्यो भने के हुन्छ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १४ २०७९
  • 4.8K
    SHARES

काठमाडौँ । आज शनिबार प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खुल्ला सवाल गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध र शान्ति प्रक्रियाको सन्दर्भमा गरेको टिप्पणीको जवाफ दिने क्रममा आज (शनिबार) जारी प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘’तपाईंहरू टाउको काट्ने मान्छे होइन? हत्याराको रूपमा जेल बसेको होइन?’ भन्यो भने के हुन्छ? त्यो भन्नु जायज हुन्छ?’ जनयुद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याएको भन्दै ओलीले आफ्नो पार्टीप्रति नेकपा एमालेले घृणा फैलाएको प्रचण्डको आरोप छ।

माओवादी अध्यक्ष प्रचण्डले पुनः अर्को प्रश्न गरे, ‘हिजा फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो। जनतालाई धम्क्याएको कुरा गर्नुभयो। मैले यो विषय अलि बढी गम्भीर भएको ठानेको छु। हामी अहिले जसरी उपस्थित भएका छौँ त्यो शान्ति सम्झौतामार्फत् छौँ। १२ बुँदे समझदारी हुँदै गर्दा यही हलमा बसेर ऐतिहासिक सहमति भएको भनिएको होइन ?

एउटा प्रक्रियामा हामी जान खोज्दैछौँ। फेरि यो कुरा किन?’

एमाले अध्यक्ष ओलीलाई आफैले सोधको प्रश्नको जवाफ आफैले दिँदै गर्दा प्रचण्डले भने, ‘यस्तो भन्नु बिलकुलै जायज होइन। अहिले परिस्थिति नितान्त भिन्न भइसकेको अवस्था छ। हामीले ती कुरालाई पटक-पटक एकले अर्कालाई अपमानित गर्ने ढंगले लियौँ भने यो सिस्टममार्फत् नेपाली जनतालाई हामीले जे दिन खोजेका छौँ त्यो दिन सकिनेछैन।’

माओवादी अध्यक्ष प्रचण्डले वर्तमान परिस्थिति भिन्दै भइसकेको अवस्थामा यस्तो भन्नु जायज नहुने बताउँदै एकअर्कालाई अपमानित गर्ने ढँगले नभई १२ बुँदे सहमति अनुसार जनतालाई जे दिन खोजिएको छ त्यसतर्फ अघि बढ्नु उचित हुने सुझाव दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४