काठमाडौं । रामेछाप गोकुलगंगा गाउँपालिकाकाले सुत्केरी तथा गर्भवती महिलाहरुलाई निशुल्क रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का ( दिनेश )लेकार्यभार सम्हाल्दै सुत्केरी र गर्भवतीलाई निशुल्क एम्बुलेन्स सेवा दिने र जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय लगाएतको फाइलमा हस्ताक्षर गरेका हुन् ।
गोकुलगंगा गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित ४ वडामा कांग्रेसका वडाअध्यक्ष निर्वाचित भएका छन् । अध्यक्ष खड्कालाई कार्यपालिकामा सुविधाजनक बहुमत रहेको छ ।
गोकुलगंगा गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष काजिबहादुर खड्काले गाउँपालिकाको सबै काम द्रुतगतिमा हुने बताएका छन् । अध्यक्ष खड्काले नवनिर्वाचित उपाध्यक्ष , वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउदै अब गाउँपालिकाको काम द्रुतगतिमा हुने बताएका छन् ।
नागरिकहरुले युवानेताहरुले द्रुतगतिमा काम गर्ने विश्वासको साथ आफुहरुलाई मत दिएर जिम्मेवारी दिएको भन्दै कुनै पनी काममा ढिला सुस्ति नगर्न नवनिर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
नागरिकलाई कुनै पनी जनप्रतिनिधी र कर्मचारीले दास बनाउने अनावश्यक दुख : दिने खालका गति नगर्न र नगराउन समेत आग्रह गरेका छन् । आफुहरु नागरिकको शासक नभइ सेवक भएको कारण सेवाको भावनाले अबको पाँच बर्ष अहोरात्र खटिएर काम गर्ने बताएका छन् ।
साथै नवनिर्वाचित अध्यक्ष खड्काले काम गर्ने शिलशिलामा सबै जनप्रतिनिधी कर्मचारीहरुले सहयोग गर्ने बिश्वास लिएको भन्दै असहयोग गर्ने र असफल गराउने काम नगर्न र नगराउन समेत सबैलाई आग्रह गरेका छन् ।

