Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भायानेटका ग्राहकले अब २ सय एमबीपीएस इन्टरनेट ९९९ मा पाउने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ११ २०७९
  • 8.2K
    SHARES

काठमाडौं । नीजि क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी मध्येको एक भायानेट कम्युनिकेसन प्रालिले आफ्ना विद्यमान अल्ट्रा–फाई लाईनका प्रोडक्टहरुमा परिमार्जन ल्याएको छ ।

आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ ।भायानेटका ग्राहकहरूले अब २ सय एमबीपीएसको इन्टरनेट प्याकेजको वार्षिक सदस्यता ९९९ स्पैयाँ प्रति महिनाको मूल्यमा पाउनेछन ्। १७५ प्लस लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि १ हजार १ सय प्रति महिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन। यी दुवै योजनाहरूमा ५ सय स्पैयाँ मात्र थपी डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो प्याकेज मार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुई ओटा भायाटिभी सहित २५० एमबीपीएस र तिन ओटा भायाटिभी सहित ३ सय एमबीपीएस वार्षिक सदस्यता क्रमश १ हजार २५० प्रति महिना र १ हजार ५०० प्रति महिनाको आकर्षक मूल्यमा पाउने ब्यवस्था गरेको छ ।
कम्पनीले आफ्ना विद्यमान अल्ट्रा–फाइ ग्राहकहरूको अल्ट्रा–फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरिसकेको बताएको छ ।

यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा–फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४