Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप नगरको पहिलो निर्णयः गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ११ २०७९
  • 18.7K
    SHARES

रामेछाप- रामेछाप नगरपालिकाका नव निर्वाचित नगर प्रमुख लवश्री न्यौपानेले दुई निर्णय सदर गर्दै कार्यभार सम्हालेका छन् । नव निर्वाचित नगर प्रमुख न्यौपानेले यस अघि नगरको सहयोगमा जिल्ला अस्पताल रामेछापमा संचालनमा रहेको विशेषज्ञ सहितको उपचार सेवालाई निरन्तरता दिने निर्णय र गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय सदर गर्दै आफ्नो कार्यभार सम्हालेका हुन् ।

रामेछाप नगर कार्यपालिकाको कार्यालयले सोमावार आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रममा निवर्तमान नगर प्रमुख नर बहादुर थापामगरले जिल्ला अस्पतालको सेवालाई गुणस्तरिय बनाउन यस अघि नगरले संचालनमा ल्याएको विशेषज्ञ सहितको उपचार सेवालाई निरन्तरता दिन आग्रह गरेका थिए । विगतका नागरिक मैत्री सेवालाई आफूले पनि निरन्तरता दिने बताउँदै नवनिर्वाचित नगर प्रमुख न्यौपानेले यस अघिको विशेषज्ञ सहितको उपचार सेवालाई बाह्रै महिना नियमित संचालन गर्ने गरी उक्त सेवालाई निरन्तता दिने निर्णय गर्दै कार्यभार सम्हालेका हुन् ।

नगरका सबै वडाका स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर सुचारु भै २४ सै घण्टा निःशुल्क प्रसुति सेवा संचालनमा भएतापनि भौगोलिक विकटताका कारण बर्थिङ सेन्टर सम्म ल्याउन तथा उक्त स्वास्थ्य संस्थाबाट सुविधा सम्पन्न माथिल्लो स्तरको अस्पतालमा लैजनको लागि समस्या भएको र उक्त समस्या समधानको लागि गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय पनि नगर प्रमुखले गरेका छन् ।

नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख न्यौपानेले जनताको भावना अनुसार काम गर्ने प्रतिवद्धता जनाउँदै यस अघिको नगरको टिमले गरेका अधुरा कामहरुलाई पुरा गर्ने गरी निरन्तरता दिँदै नगरवासीको आवश्यकतालाई पहिचान गरेर आफ्नो टिम अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै नवनिर्वाचित नगर उपप्रमुख बाल कुमारी कार्कीले पनि आफ्नो कार्यभार सम्हालेकी छिन् । उपप्रमुख कार्कीले आफ्नो कार्यकालमा नागरिकको आवश्यकता अनुसार नागरिक मैत्री सेवा दिने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । निवर्तमान उपप्रमुख सृजना खड्काले विगतको पाँच वर्षमा भएका राम्रा कामहरुलाई निरन्तरता दिन आग्रह गर्दै नागरिक प्रति संवेदनशिल भएर काम गर्न सुझाएकी थिइन् । नवनिर्वाचित उपप्रमुख कार्कीले आफू विधि र पद्धतीमा रहेर सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४