Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा ३१ हजार बढी मतका साथ बालेनकाे अग्रता कायमै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ७ २०७९
  • 6.6K
    SHARES

काठमाडौं।सत्ता गठबन्धनले विराटनगरबाट महानगरपालिकामा विजयी सुरुवात गरेको छ ।

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनुभएको छ। उहाँले नेकपा एमालेका सागर कुमार थापालाई ८ हजार ७ सय १५ मतको फराकिलो अन्तरले पराजित गर्नुभएकाे हाे। कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गर्दा थापाले २१ हजार ४ सय ५५ मत मत प्राप्त गर्नुभएकाे छ ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की विजयी हुनुभएकाे छ । उहाँले जनता समाजवादी पार्टीका अमरेन्द्र यादवलाई पराजित गर्नुभएकाे हाे । कार्कीले २५ हजार ६ सय ८० मत प्राप्त गर्दा यादवले २४ हजार २ सय १९ मत प्राप्त गर्नुभएकाे हाे।

स्थानीय तह निर्वाचन अन्तर्गत अहिले ५ महानगरपालिकाको मतगणना जारीरहेकाे छ। जारी मतगणनामा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारको फराकिलो अग्रता हुँदा बाँकी ४ महानगरमा गठबन्धन दलका उम्मेदवाको अग्रता रहेकाे छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वततन्त्र उम्मेदवार बालेन्द्र साहले ३१ हजार १५ मतसहित अग्रता कायमै राख्नुभएको छ । उहाँलाई नेकपा एमालेका केशव स्थापितले १६ हजार ५ सय २७ मतसहित पछ्याउनुभएको छ ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको १६ हजार २ सय २४ मत रहेकाे छ । उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता कायमै राख्नुभएकाे छ । उहाँको २६ हजार ५ सय ७५ र नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ८ हजार ५ सय ९१ मत छ ।

उता चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालको अग्रता कायमै रहेकाे छ । दाहालको २७ हजार ७८ मत हुँदा नेकपा एमालेका विजय सुवेदीको २२ हजार ६० मत रहेकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ९ हजार ४ सय १५ मत रहेकाे छ ।

साथै भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाउनुभएको छ । अधिकारीको २९ हजार १ सय ३२ मत हुँदा राप्रपाकी हिमला गुरुङको १७ हजार १ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

साथै लतिपुर महानगरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारमाथि फराकिलो अग्रता लिनुभएको छ । महर्जनको २२ हजार ८ सय २० मत हुँदा व्यञ्जनकारको १३ हजार १ सय २४ मत रहेकाे छ ।

उपमेयरमा एमालेकी मन्जली शाक्यको अग्रता छ। उहाँको ११ हजार ९ सय ६५ मत र माओवादीका बाबुराज बज्रचार्यको ८ हजार ४ सय २६ मत छ ।

उता पोखरा महानगरपालिकामा गठबन्धन तर्फबाट नेकपा एसका उम्मेदवार धनराज आचार्यले नेकपा एमालेका कृष्णबहादुर थापामाथि निरन्तर अग्रता लिनुभएको छ । आचार्यको २९ हजार ८ सय ७ र थापाको २६ हजार ३ सय ७५ मत छ । उपमेयरमा कांग्रेस उम्मेदवार कोपलिा रानाभाटको अग्रता रहेकाे छ । उहाँले ३० हजार २ सय ६० मत ल्याउदा एमालेकी मञ्जुदेवी गुरुङको ३० हजार १ सय ७६ सय मत छ ।

साथै विरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंहले एमाले उम्मेदवार विजयकुमार सरावगीमाथि दोब्बर मतको अग्रता लिनुभएको छ । सिंहको २४ हजार ३ सय १६ मत छ भने सरावगीको १२ हजार ४ सय ८९ मत छ । उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले लोसपाका पुरुषोतमलाल झालाई ५ गुणा बढी मतलेपछि पार्नुभएको छ ।

आलमको १७ हजार ७५ मत हुँदा झाले ३ हजार ६ सय ७४ प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४