Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ पञ्चाङ्ग र आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ७ २०७९
  • 7.1K
    SHARES

२०७९ जेठ ७ गते, शनिवार, २० मे २०२२। ज्येष्ठ कृष्णपक्ष षष्ठी तिथि। उत्तराषाढा नक्षत्र, ६ः२३ बजेपछि श्रवण। चन्द्रराशि– मकर।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

दिन मनोरञ्जनपूर्ण उत्पादनमूलक रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। प्रयत्न गर्दा रचनात्मक काम प्रारम्भ हुनेछ। यात्राकाे साइत जुर्न सक्छ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले भने काम बिग्रन सक्छ। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा वचन दिने बानीले व्यवहारमा अप्ठ्यारो पर्न सक्छ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग रमाइलाे भेटघाट हुनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। अवसरका लागि दौडधुप गर्नुपर्ला।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४