Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको विजय जुलुसमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ६ २०७९
  • 5.3K
    SHARES

धनगढी । कञ्चनपुरमा कांग्रेसको विजय जुलुसमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–५ तिनचारास्थित दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु र अर्का घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा परेर भीमदत्त नगरपालिका–१० गज्जरका २८ वर्षीय वीरेन्द्र चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

गड्डाचौकीबाट सुकासालतर्फ आइरहेको चन्दले चलाएको म २ प ८०२४ नम्बरको मोटरसाइकल र भीमदत्त नगरपालिका–५ का ३५ वर्षीय प्रेमराज अवस्थीले चालक रहेको सुकासालदेखि गड्डाचौकीतर्फ गइरहेको म २ प २७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए ।

दुर्घटनामा परेर गम्भिर घाइते भएका चन्दको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते भएका अवस्थी भीमदत्त नगरपालिका–५ का कांग्रेसबाट नवनिर्वाचित अध्यक्ष पदम अवस्थीका भतिजा हुन् । विजय जुलुसको पछाडि रहेका अवस्थीले चलाएको मोटरसाइकल र चन्दले चलाएको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अवस्थीको टाउको चोट लागेको छ । महाकाली अस्पतालमा उपचार हुन नसकेपछि उनलाई धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४