Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुरमा चिरिबाबुको अग्रता कायमै, वडा नं. ७ मा कांग्रेसका कुलबहादुर विजयी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ४ २०७९
  • 6.3K
    SHARES

ललितपुर । ललितपुर महानगरपालिकाको वार्ड नम्बर ७ मा नेपाली कांग्रेसका कुलबहादुर महर्जन विजयी भएका छन् । उनले २ हजार १७० मत पाउँदै वडाअध्यक्ष पद जिते ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र महर्जनले ५८९ र विवेकशील साझाका सिताराम महर्जनले ११ मत पाए ।

ललितपुर महानगरपालिकामा अहिलेसम्म गणना भएको २१ हजार ४२६ मतमध्ये नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११ हजार ९२० मतसहित अग्रस्थानमा छन् ।

नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० र राप्रपाका अष्ट महर्जनले ९९८ मत पाएका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्यको अग्रता कायम छ । उनले ५ हजार ९८३ मत पाउँदा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४ हजार ५६६ मतसहित पछ्याइरहेका छन् । स्वर्णिमा शाक्यको पक्षमा १ हजार ८३२ मत परेको छ ।

ललितपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए । कांग्रेसले मेयर र माओवादीले उपमेयर पदमा प्रतिस्पर्धा गरेका छन् । तर उपमेयर पदमा उम्मेदवारी नदिएको कांग्रेसको रुख चिह्नमा ३ हजार २८० परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४