Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैतमा निर्माण सामग्रीमा २५ प्रतिशत मूल्यवृद्धि, अरुमा कति बढ्यो महँगी ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २८ २०७९
  • 6.4K
    SHARES

काठमाडौं । गत चैत महिनामा मूल्यवृद्धि दर थप बढेको देखिएको छ । चैत महिनामा वाषिर्क विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको छ, फागुनमा यस्तो वृद्धिदर ७.१४ प्रतिशत थियो । २०७७ चैत महिनामा यस्तो मूल्यवृद्धि दर ३.१० प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चैत महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत पुगेको छ । निर्माण सामग्रीमा चरम मूल्यवृद्धि भएपछि निर्माण व्यवसायीहरू अहिले निर्माण बन्द गरेर ‘कन्स्ट्रक्सन होलिडे’मा छन् । उनीहरूले सबै ठेक्कामा मूल्यवृद्धि अनुसारको समायोजन गर्नुपर्ने माग गरेका छन् ।

बितेको चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर ७.४० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर ७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिको औसत मूल्यवृद्धि दर ५.६२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत छ ।

गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मूल्यवृद्धि दर क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत छ ।
चैतमा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मूल्यवृद्धि भएको थियो । २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

मूल्यसँगै तलब तथा ज्यालादर सूचकाङ्क  पनि बढेको छ । चैतमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.८९ प्रतिशतले बढेको थियो । चैतमा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ८.२७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४