Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको पत्रकार सम्मेलन : ओलीमाथि आराेप, आरजु र प्रचण्डको बचाऊ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २६ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको आरोपको प्रतिवाद गरेको छ ।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले हिजो मतदातालाई ६७ बुँदे अपिल सार्वजनिक गर्ने क्रममा कांग्रेसमाथि लगाएका आरोपलाई झुटनको पुलिन्दाको संज्ञा दिनुभयो ।

एमाले अध्यक्ष ओलीको विशेषता नै झुटो बोल्ने, कुरा मात्रै गर्ने तर काम नगर्ने भएको आरोप लगाउँदै महतले एमाले कांग्रेसको नीति तथा कार्यक्रमको साँवा र ब्याज खाने पार्टी भएको आरोप लगाउनुभयो ।

एमाले अध्यक्ष ओली सबै दृष्टिकोणबाट असफल भएर सरकारबाट बाहिरिएको टिप्पणी गर्दै महतले ओली नेतृत्वको सरकारको पालामा ऋण लिएर घ्यु खाने काम मात्रै भएको र ओली सरकारमा रहिरहेको भए देश श्रीलंका भइसक्ने ‍बताउनुभयाे ।

त्यस क्रममा डा महतले प्रधानमन्त्री पत्नी आरजु देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला विवादास्पद अभिब्यक्तिको पनि बचाऊ गर्नुभयो ।

आरजु देउवाले डडेल्धुरामा कांग्रेसले नजिते बजेट नपठाउने भनेर नबोलेको दाबी गर्दै महतले कांग्रेसलाई जिताए बजेट सुनिश्चित हुन्छ भनेको तर्क गर्नुभयो ।

यस्तै माओवादी अध्यक्ष दाहालले भरतपुरमा आफ्नी छोरी रेनु दाहालले चुनाव हारे देश दुर्घटनामा जान्छ भनेको विषयमा पनि महतले दाहालको बचाउ गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४