Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्मचारीको दादागिरीले गाउँपालिका चल्दैन – उप्रमुख कार्की


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २५ २०७९
  • 7.2K
    SHARES

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकाका उपप्रमुख उर्मीला कार्कीले कर्मचारीको दादागिरीले गाउँपालिका चलाउन खोजेको भन्दै त्यसको बिरोध गरेकी छन् । बिहिबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दीपेन्द्र पैकरा र लेखापाल राजन गुरागाई बिच झगडा भएको थियो । निमित्त प्रमुख प्रशासकिय पैकरा र लेखापाल गुरागाई बिच एक आपसमा झगडा गरेर नागरीकको काममा अबरोध सिर्जना गरेको भन्दै गाउँपालिकामा कर्मचारीको दादागिरी नचल्ने बताइन ।

गाउँपालिकाको लाखौँ रकम लेनदेनको विषयमा एक आपसमा कुरा नमिलेर सरकारी कागजपत्र र चेक च्यत्ने कुरा साधरण कुरा हैन् यो हामी मान्दैनौ गाउँपालिका उपप्रमुख कार्कीले भनिन् । बिहिबार निमित्त प्रमुख प्रशासकिय पैकरा र लेखापाल गुरागाई एक घण्टा भन्दा बढी समय सम्म बन्दकोठामा बसेर लेनदेनको हिसाब गरे हिसाब नमिले पछी तिन वटा चेक र अन्य कागज पत्र समेत च्यातेर फ्याल्ने काम भएछ उनले भनिन् ।

गाउँपालिका भित्र प्रमुख प्रशासकिय र लेखापाल बिच झगडा हुनु साधारण कुरा हैन । त्यसको अनुसन्धान हुनु आवश्यक छ । गाउँपालिकाको लेटर प्याड प्रयोग गरेर आफु मनखुसी जनप्रतिनिधीहरुलाई जानकारी समेत नगराई प्रेस बिज्ञप्ति कर्मचारी ले निकालेकोमा समेत आफ्नो आपती रहेको बताएकी छिन् । झगडा गर्ने सरकारी कागजपत्र च्यातेर हिड्ने अनी हामी संग कुनै छलफल छैन हामी मिलेर काम गछौं भन्दै प्रेस बिज्ञप्ति निकाल्ने काम भएको छ यसमा पनी आपती छ ।

कुन बिषयमा कुरा मिलेको हो अब मिलेर के काम गर्ने हो जानकारी छैन् । दुइजना मिलेर गाउँपालिका चल्छ भने हामी जनप्रतिनिधी र अन्य कर्मचारीको के काम भन्दै उपप्रमुख कार्कीले प्रश्न गरिन । गाउँपालिकाले प्रेस बिज्ञप्ति निकाल्ने बेला छलफल हुन जरुरी छ उपप्रमुख कार्कीले भनिन् । गाउँपालिका र जनप्रतिनिधिको बदनाम गर्ने काम भएको भन्दै आवश्यक छानबिन गरी उनिहरुलाई कार्बाहीको दायरामा ल्याउन गाउँपालिका प्रमुख संग उपप्रमुख कार्कीले आग्रह गरेकी छिन् ।

साथै सो घट्नाको छानविन गरी सर्वसाधरण नागरिकको काममा एक हप्ता भित्र सहजता ल्याउन र कार्यकारी र लेखापालको ब्यवस्था मिलाउन समेत गाउँपालिका अध्यक्ष समक्ष अपिल समेत आफुले गरेको जानकारी दिइन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४