Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २५ २०७९
  • 5.4K
    SHARES

काठमाडौं । सुनसरी, चितवन र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा शनिबार राति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना ४ ख ६८४० नम्बरको बसले को ५ प ४००४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नाम थर ठेगाना नखुलेका अन्दाजी २६ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।

दुवै सवारी साधन नियन्त्रणमा लिएको र बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

यसैगरी, चितवनको भरतपुर महानगरपालिका–१० मा शनिबार राति नै सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा स्थानीय ३६ वर्षीय दिपक सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो । सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तै, दाङको घोराही उपमहानगरपालिका–११ भाइरल रोडमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रा २ प ६५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा लमही नगरपालिका–९ रिहारका २४ वर्षीय सुनिल चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४