Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता गठबन्धन चुनावमा धाँधली गर्न लाग्यो : बादलको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २४ २०७९
  • 6.9K
    SHARES

 चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् ।

चितवनको भरतपुरमा नेकपा एमालेले आइतबार गर्ने चुनावी सभाको पूर्वसन्ध्यामा एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता गठवन्धन पराजय हुने डरले निर्वाचनमा धाँधली गर्ने दाउमा लागेको आरोप लगाएका हुन् ।

भरतपुरमा सत्तारुढ दलका नेताहरुले दिएको अभिब्यक्तिप्रति टिप्पणी गर्दै उपाध्यक्ष थापाले एमालेको विजय सुनिश्चित जस्तो देखेपछि दक्षिणपन्थी गठबन्धन उत्तेजित भएर निर्वाचन जित्न अनेक हत्कण्डा अपनाउने रणनीतिमा रहेको बताए ।

‘भरतपुर र डडेल्धुरामा उनीहरुले के के गरेका छन्, के के भनेका छन् थाहै छ, गठबन्धनलाई नजिताउने हो भने दुर्घटना हुनसक्छ भनेर जनता तर्साउने, उत्तेजित पार्ने काम गरिरहेका छन्’ नेता थापाले भने ।

आउने निर्वाचन दक्षिणपन्थी शक्ति र अग्रगामी समाजवादी शक्तिका बचको भीषण संघर्ष भएको नेता थापाले बताए । अहिलेको सरकार विकास र समृद्धिलाई कसरी रोक्ने भन्नेतर्फ लागेको भन्दै नेता थापाले सरकारले देशलाई आर्थिक संकटतर्फ धकेल्न थालेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४