Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनमा हुने एसियाली खेलकुद स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २३ २०७९
  • 7.6K
    SHARES

काठमाडौं । चीनमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

चीनमा हालै फैलिएको कोभिड–१९ का कारण चीन सरकारले एसियाड स्थगित गरेको अनुमान गरिएको छ ।समाचार एजेञ्सी एएफपीका अनुसार एशियन ओलम्पिक काउन्सिलले एक वक्तब्य मार्फत सेप्टेम्बर १० देखि २५ सम्म चीनको ह्याङचौमा आयोजना गर्ने तय भएको एसियाड स्थगित गरिएको जनाएको हो ।

काउन्सिलले प्रतियोगिताको अर्को मिति पछि घोषणा गरिने उल्लेख गरेको छ ।

खेल आयोजना हुने ह्याङचौ शहर हालै महिना दिन लामो लकडाउन गर्ने गरी कोरोना फैलिएको साङहाइको नजिकै पर्ने भएकाले चीन सरकारले पूर्व सतर्कताका लागि खेल स्थगित गरेको अनुमान गरिएको छ । गत महिना मात्रै आयोजकले एसियाडका लागि आवश्यक पर्ने ५६ वटा खेल स्थलको निर्माण पूरा भएको बताएका थिए ।

चीन सरकारले भने औपचारिक रुपमा खेल स्थगित गरेको विषयमा कुनै प्रतिक्रिया दिएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४