Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीलाई जनताकहाँ गएर भोट माग्ने नैतिक अधिकार छैन् : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २३ २०७९
  • 7.4K
    SHARES

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताकहाँ गएर भोट माग्ने नैतिक अधिकार नरहको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा गरेको कार्यक्रममा थापाले २०७४ सालपछि कम्युनिष्ट सरकार के के गर्‍यो भन्ने जवाफ नदिएसम्म ओलीलाई मत माग्ने अधिकार छैन भन्नुभयो । पाँच वर्ष खेर फालेकोमा जनतासँग माफी माग्नुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री थापाले अब ५ वर्ष नेपाली कांग्रेसलाई सबै तहका सरकार चलाउने जिम्मा दिनुपर्ने भन्दै कांग्रेसले समय खेर फाल्न चाहँदैन भन्नुभयो । कुनै पनि ठाउँमा विधि मिचेर मनलाग्दी श्रोत, साधनको दुरुपयोग नगर्ने र श्रोतको दुरुपयोग पनि कांग्रेस प्रतिनिधिहरुले गर्न नपाउने उहाँको जिकीर थियो ।

नेपालको समृद्धि र समुन्नतिको बारेमा विभिन्न पार्टी पंक्तिबीच विस्तृत छलफल हुन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४