Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना कारण विश्वमा १ करोड ५० लाखको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २३ २०७९
  • 6K
    SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीका कारण विश्वमा एक करोड ५० लाख मानिसको मृत्यु भएको जनाएको छ ।

कोरोना महामारी सुरु भएपछि दुई वर्षको अन्तरालमा विश्वमा प्रारम्भिक अनुमान भन्दा १३ प्रतिशत बढी मानिसको मृत्यु भएको डब्लुएचओले जनाएकाे छ । विभिन्न मुलुकबाट उपलब्ध तथ्यांक भन्दा बढी मानिसको मृत्यु भएकाले प्रारम्भिक आँकडा भन्दा बढी मानिसको मृत्यु कोरोनाकै कारण भएको डब्लुएचओको दावी छ ।

विश्वभर ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला कोरोना महामारीको सिकार भएको डब्लुएचओको तर्क छ । मध्यम आय भएका देशहरुमा यो मृत्युदर अत्याधिक रहेको डब्लुएचओको दावी छ । डब्लुएओले प्रयोग गरेको मापनलाई आधारमा महामारीका क्रममा अपेक्षा भन्दा बढी मानिसको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

तर कतिपय मुलुकले भने कोरोना महामारीको समयमा अस्पतालको पहुँच र समयमै उपचार नभएर पनि धेरै मानिको मृत्यु भएपनि कोरानाकै कारण भनिएकाले डब्लुएचओको तथ्यांक अझै पूर्ण नभएको बताएका छन । कोरोनाका तुलनामा अन्य कारण बाट इजिप्टमा ११ दशमलव ६ गुणा, भारतमा ९ दशमलव ९ गुणा बढीको मृत्यु भएको बताइएको छ ।

डब्लुएचओका अनुसार भारतसँगै सबैभन्दा बढी मृत्यु हुने देशमा रुस, इन्डोनेसिया, अमेरिका, ब्राजिल, मेक्सिको र पेरु रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४