जनता समाजवादी पार्टीका प्रभावशाली नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विषालु सर्पको संज्ञा दिएका छन् ।
उनले ओली देशका लागि घातक भएको आरोप लगाए । ‘सर्पले दूध खाएपनि विष नै निकाल्छ, श्रेष्ठले भने, केपीले म्वाई खाएपनि विषय लाग्छ । ओलीलाई आइ लभ यू भन्नेहरुले बेलैमा सचेत हुनुपर्ने बताए ।
ओलीलाई लोकतन्त्र र परिवर्तको विरोधी भएको आरोप लगाए । ओलीले लोकतन्त्र सक्याउन लागेपछि आफूहरुले गठबन्धन गरेको बताए ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले स्थानीय चुनावमा मात्रै नभएर राष्ट्रिय चुनावमा पनि गठबन्धन कायम रहने प्रतिवद्धता गर्न शीर्ष नेताहरुसँग माग गरेका छन् ।
गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै केन्द्रीय सदस्य गुरुङले चुनावको बेला गठबन्धन गर्ने तर जितेपछि भंग गर्ने काम नगर्न शीर्ष नेतासँग आग्रह गरेका हुन्