Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उच्च अदालतले माग्यो पल शाहका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २२ २०७९
  • 7.9K
    SHARES

काठमाडौँ । उच्च अदालत पोखराले अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश माग गरेको छ ।

बालिका जबर्जस्ती करणीको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलरासी पूर्वको आदेशमा अभिनेता हाल पुर्पक्षका लागि थुनामा छन् । अदालतले उनका सहयोगी जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

आरोपित शाहले दुबै जिल्ला जिल्ला अदालतले गरेको आदेशविरुद्ध उच्च अदालत पोखरामा छुट्टाछुट्टै पुनरावेदन निवेदन दिएका थिए । त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयले शाहका सहयोगी जोशीलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दिएको थियो ।

उच्च अदालत पोखराले १५ वैशाखमा दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश दिएको थियो ।बिहीबार भने उच्च अदालतले जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले दिएको आदेश पनि माग गरेको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेल जानकारी दिए ।‘कृष्ण जोशीलाई पहिले तनहुँले धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध सरकारी वकिलले उच्चमा निवेदन दिएका थिए,’ उनले भने, ‘अहिले त्यो आदेश पनि सँगै राखेर हेर्न आदेश जारी भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४