Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जङ्गी अड्डामा शिक्षा प्रणालीमाथि विचार गोष्ठी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २१ २०७९
  • 6.9K
    SHARES

काठमाडौँ । आज बुधबार सैनिक मुख्यालय जङ्गी अड्डामा नेपालको शिक्षा, सैनिक आवासीय माध्यामिक विद्यालयका शिक्षा र विश्वमा अभ्यास भइरहेका शिक्षा प्रणालीका विषय विचार गोष्ठी सम्पन्न भएको छ।

नेपालको शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको यस क्षेत्रका जानकारहरूले औँल्याएका छन्। उनीहरूले शैक्षिक उन्नयनका लागि पाठ्यक्रममा नै सुधार गर्नुपर्ने र शिक्षकमा उत्प्रेरणा जगाउनुपर्नेमा जोड दिएका छन्। सल्लाघारी अल्मुनाइ एसोसिएशनको आयोजित सो विचार गोष्ठीमा शिक्षा क्षेत्रका जानकारहरूले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको पनि औँल्याएका हुन्।

उक्त एसोसिएशन नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयद्वारा सञ्चालित विद्यालय, माहविद्यालय, तथा स्वास्थ्य विज्ञान अध्ययन संस्थानबाट अध्ययन पूरा गरेका विद्यार्थीको छाता सङ्गठन हो। विचार गोष्ठीमा प्रा. डा. मनप्रसाद वाग्ले, डा. कर्ण राना, शिक्षा मन्त्रालयका हरि लम्साल, कमलसिंह राठौर, प्रा. जयराज अवस्ती, प्रा. हेमन्त शमेर राणालगायत विभिन्न क्षेत्रका सैनिक आवासीय माध्यामिक विद्यालयका प्रधानाध्यापककोसमेत सहभागिता रहेको थियो।

एसोसिएशनले यसअघि खेलकूद, शिक्षा, विभिन्न क्षेत्रमा राहत वितरण, रक्तदानगायत विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ। एसोसिएशनले प्रतिवेदन तयार भएपछि शिक्षा मन्त्रालयसहित सैनिक आवासीय महाविद्यालय तथा सरोकारवाला निकायमा पेश गर्ने जनाएको छ।

गोष्ठीमा ‘राष्ट्रिय राष्ट्रियता र पहिचान शीर्षकमा छुट्टै सत्र सञ्चालन भएको एसोसिएशनका सचिव बालगोपाल कार्कीले जानकारी दिए। वक्ताहरूले नेपालको परम्परागत शिक्षा प्रणालीलाई आत्मसात् गर्दै त्यसैको जगमा टेकेर आधुनिक शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले शैक्षिक विकासका लागि गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्दै आधुनिक शिक्षा प्रणालीको विकासका लागि यस्ता कार्यक्रमको आवश्यकतामा जोड दिए।

आजका कार्यक्रमको विषयमा प्रतिवेदन प्रकाशित गरी सम्बन्धित निकायमा पठाउने पनि उनले प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४