काठमाडाैँ । वैशाख ३० मा हुने आसन्न स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले देशभर कायम हुने मतदान स्थल र केन्द्र ताेकेकाे छ ।
निर्वाचन आयोगले देशैभरका ७५३ स्थानीय तहमा कायम मतदाता, मतदानस्थल र मतदान केन्द्र तोकेको हो । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७७ नगरपालिका र ४६० वटा गाउँपालिका रहेका छन् । यस्तै देशभर ६ हजार ७४३ वटा वडा रहेका छन् ।
आयोगले ७ वटै प्रदेशमा १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ वटा मतदान केन्द्र निर्धारण गरेकाे बताएकाे छ । जसअनुसार प्रदेश १ मा १८ सय ७७ मतदान स्थल हुँदा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् ।
त्यस्तै, ३३ लाख ३१ हजार १७० मतदाता रहेको मधेस प्रदेशमा २१ सय ६३ मतदानस्थल र ४ हजार १ ८९ मतदान केन्द्र रहेकाे आयोगले जानकारी दिएकाे छ । सबैभन्दा बढी मतदाता रहेको वाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८६९ मतदाता रहेकाे निर्वाचन आयोगले बताएकाे छ ।
वाग्मती प्रदेशमा १७ सय ९२ वटा मतदानस्थल कायम रहेका छन् भने ४ हजार ९५ मतदान केन्द्र कायम भएको छ ।
त्यस्तै, १७ लाख ७९ हजार ४११ जना मतदाता रहेको गण्डकी प्रदेशमा १२ सय ५३ मतदान स्थल र २३ सय मतदान केन्द्रमार्फत मतदान हुने भएको छ । ३२ लाख १९ हजार ४७५ जना मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ सय २९ मतदानस्थल र ३८ सय ३२ मतदान केन्द्र निर्धारण गरेको आयोगले जनाएको छ ।
१० लाख १ हजार २८२ मतदाता रहेको कर्णालीमा ९ सय सात मतदानस्थल र १३ सय ८५ मतदान केन्द्र रहेका छन् भने १६ लाख ३२ हजार १५० मतदाता रहेको सुदुरपश्चिम प्रदेशमा ११ सय ३५ मतदानस्थल र २१ सय ३ मतदान केन्द्र निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ ।
याेसँगै, देशभर ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता, १८३ अन्य र ८७ लाख ४१ हजार ५ सय ३० महिला गरी १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।
सूचीः
