Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उमाकुण्ड काँग्रेसको प्रतिवद्धताः कृषि प्राथमिकता,शहरबाट फर्केर व्यवसाय गर्नेलाई २ लाख अनुदान।


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २० २०७९
  • 14.2K
    SHARES

काठमाडौँ । नेपाली  काँग्रेस उमाकुण्ड गाउँपालिकाका उम्मेद्वारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका उम्मेद्वारहरुले निर्वाचनमा जित निकाल्न सके उमाकुण्ड गाउँपालिकामा पाँच वर्षमा गरिने कामको संक्षिप्त जानकारी सहित कृषिलाई पहिलो प्राथमिकतामा राखेर प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उमाकुण्ड गाउँपालिकाको भौगोलिक परिवेशअनुसार हावापानी सुहाउँदो दीगो कृषि नीतिको अबलम्बन गरी दिर्घकालीन कृषि कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर माटो परिक्षण गराई आलु, चिया, ओखर, अर्गेली, लोक्ता, लगायतका जडिबुटी खेतीमा कृषकहरुलाई अवद्ध गराई आयआर्जनको माध्यम बनाई उमाकुण्ड गाउँपालिकालाई ५ वर्ष भित्र कृषिमै आत्मनिर्भर बनाउने जस्ता योजना काँग्रेसले प्रतिवद्धता पत्रमा समेटेको छ ।

त्यस्तै पशुपालन तर्फ गाईभैंसी, बाख्रापालन, बंगुरपालन, बदेल, चौरी गाई, उन्नत जातका राँगा, बोका लगायतका पशुपंक्षी खरिदमा ५० प्रतिशत अनुदान किसानलाई तत्कालै मिलाई नश्ल सुधार गरी दुध तथा मासुजन्य उत्पानलाई बृद्धि गरिने पनि उमाकुण्ड काँग्रेसले आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

विदेश वा शहरबाट गाउँ फकिएका युवाहरलाई गाउँमा नै कृषि, पशुपालन, अन्य उद्योगमूलक तथा रोजगारमूलक कार्य गर्ने युवाहरुलाई २ लाख रुपैया ब्याबसाय संचालन गर्न अनुदानको व्यवस्था गरिने पनि प्रतिवतद्धता पत्रमा उल्लेख छ ।

कृषिलाई पहिलो प्राथमिकतामा राखेको उमाकुण्ड काँग्रेसले गुणस्तरीय शिक्षालाई पनि प्राथमिकतामा नै राखेर पालिका भित्र जेहेन्दार विद्यार्थीमध्येबाट डाक्टर , इन्जिनियर, पाइलट पढ्न चाहने विद्यार्थीलाई २५–५० प्रतिशत सम्म छात्राबृत्तिको व्यवस्था मिलाउने देखि दलित समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि समेत छात्राबृत्तिको व्यवस्था मिलाउने योजना अगाडि सारेको छ ।

त्यस्तै स्वास्थ्य तर्फ प्रिति र बाम्तीमा १५ शैयाको अस्पताल स्थापना गर्ने, आँखा केन्द्र स्थापना गर्ने, गर्भवती महिलाका लागि घरपाएक पर्ने स्थानमा भिडियो एक्सरे तथा रगत, पिसाव जाँचको बन्दोबस्त गर्ने जस्ता योजना प्रतिवद्धता पत्रमा उल्लेख छन् ।

उमाकुण्ड काँग्रेसले गाउँमै उद्योग स्थापना गर्ने, पर्यटन व्यवसायलाई दिगो बनाउन एग्रो टुरिजम, होमस्टे, कृषि भ्रमण, शैक्षिक भ्रमण, रेडियो एफ.एम., टेलिभिजन जस्ता आधुनिक प्रविधिको स्थापना गरी ५ वर्षमा उमाकुण्ड गाउँपालिकालाई नमूना पालिका बनाउने संकल्प गरेको छ ।

सातै वटा वडालाई समेट्ने गरी जलश्रोत, रोजगार, सहकारी, न्याय तथा सुशासन, भौतिक पुर्वधार, स्थानीय कर, संचार तथा प्रविधि, खेलकुद जस्ता क्षेत्रलाई समेत आफ्नो पाँच वर्षे कार्यकालमा गर्ने काममा समावेश गरेको छ ।

उमाकुण्ड गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा जीत बहादुर कटुवाल र उपाध्यक्षमा सावित्री सुनुवार उम्मेद्वार रहेका छन् । त्यस्तै वडा नं १ देखि वडा नं ७ सम्मका वडाध्यक्षका उम्मेद्वारहरु क्रमशः ङापेम्बा शेर्पा, चुडामणी श्रेष्ठ, रमेश कुमार सुनुवार, मान बहादुर खत्री, टिकाराम कार्की, भरतराज खड्का र शरण कुमार सुनुवार रहेका छन् ।

उमाकुण्ड गाउँपालिकामा नेपाली काँग्रेसले यो निर्वाचनमा नयाँ र युवा उम्मेद्वारहरु अगाडि सारेको छ ।

 

यस्तो छ प्रतिवद्धता पत्र

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४