Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीका कार्यकर्ताले आक्रमण गर्दा कांग्रेसका ४ जना उम्मेदवार घाइते


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १९ २०७९
  • 8.7K
    SHARES

काठमाडौं । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवारसहित चार जना घाइते भएका छन ।

जिल्लाको आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भएका हुन् । घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

कार्यकर्ताले उम्मेदवार बुढालगायतका कांग्रेस नेतामाथि आक्रमण गरेपछि उनीहरूको घरभित्रको अन्नपात तथा अन्य सामाग्रीमा समेत तोडफोड गरेको पीडित पक्षको आरोप छ । घरका ढोकासमेत तोडफोड गरिएको छ । वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर बुढा मनोनयन दर्ता हुनुअघि माओवादीका कार्यकर्ता हुनुहुन्थ्यो ।

यसैबीचमा कांग्रेस प्रवेश गरेपछि उहाँले वडाध्यक्षको टिकट पाएको बताइएको छ । रुकुम पश्चिममा केन्द्रको भन्दा फरक राजनीतिक गठबन्धन छ । गठबन्धनको मर्म विपरित यहाँ नेपाली कांग्रेस र नेकपा एमालेकाबीच चुनावी तालमेल गरिएकाे छ।नगरपालिकादेखि सबै ठाउँको प्रमुखका नेपाली कांग्रेस र उप्रमुखमा एमालेले तालमेल गरी उम्मेदवारी दिएका छन ।

नेकपा माओवादी केन्द्रको रुकुम पश्चिममा एकल उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४