Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिग्रियो मौसम, यी प्रदेशमा वर्षाको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १९ २०७९
  • 7.5K
    SHARES

काठमाडौँ । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविद् बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सात वटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । मंगलबारसम्म हल्का वर्षा र मौसममा बदली हुने मौसम विज्ञान विभागको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४