Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस (विपी)को देशभर १५४ उम्मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १८ २०७९
  • 7.3K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेस (विपी)ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको छ।

कांग्रेस (विपी)ले आज केन्द्रीय कार्यालय सामाखुसीमा पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा विपी कांग्रेसका प्रवक्ता शिवप्रसाद सिम्खडाले दुई महानगरपालिकासहित देशभरबाट २२ नगरमा प्रमुखको उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिए। कांग्रेस विपीले काठमाडौँ महानगरपालिकाको प्रमुखमा भक्तराज भुसाल र उपप्रमुखमा इन्दिरा अधिकारीलाई उठाएको छ।

यस्तै, विराटनगर महानगरपालिकाको प्रमुखमा रामचन्द्र गौतमले उम्मेदवारी दिएका छन्। सो पार्टीले देशभर नगर उपप्रमुखमा नौ, गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा तीन, वडा अध्यक्षमा ४१, महिला सदस्यमा १८, दलित महिला सदस्यमा १४ र खुला सदस्यमा ४० जनाले उम्मेदवारी दिएको प्रवक्ता सिम्खडाले जानकारी दिए।

पत्रकार सम्मेलनमा विपी कांग्रेसका सभापति सुशीलमान शेरचनले विपी कांग्रेसले देशभरका ४५ जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको र सोहीअनुसार पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी प्रस्तुत गरेको जानकारी दिएका छन्।

२०७४ सालमा स्थापना भएको नेपाली कांग्रेस विपीले सोही साल ‘करुवा’ चुनाव चिह्नसहित निर्वाचनमा भाग लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४