Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी प्रमुखमा राजु अर्याल नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १८ २०७९
  • 7.1K
    SHARES

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याललाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । बैठकमा सशस्त्र प्रहरीको आईजीपी बढुवाबारे छलफल भएको थिएन ।

मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्राविधिक कारणले बैठकमा निर्णय भएको थिएन, साँझ मन्त्रालयमा बढुवा भएको चिठी आएको छ ।’

सशस्त्र प्रहरीको महानिरीक्षकका लागि अर्यालसँगै नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम प्रतिस्पर्धी थिए । तर सरकारले एक साताअघि नै अर्याललाई एआईजीमा बढुवा गरेर आईजीपीका लागि प्रतिस्पर्धा अन्त्य गरेको थियो ।

अर्यालले १८ चैत २०५४ मा नेपाल प्रहरीको निरीक्षकका रुपमा सेवा थालेका थिए । सशस्त्र प्रहरी बल गठन हुँदा उनले १८ चैत २०५४ मा सेवा परिवर्तन गरेका थिए । आईजीपीमा नियुक्त अर्यालले चार वर्ष सशस्त्र प्रहरी बलको नेतृत्व गर्नेछन् ।

उनको अवकाशपछि पनि प्रतिस्पर्धी पौडेलले २२ महिना सशस्त्र प्रहरीको नेतृत्व गर्ने अवसर पाउन सक्नेछन् ।

को हुन् अर्याल ?

अर्याल २०५८ मा सालमै सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका थिए ।

२०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भएका उनी २०७० सालमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका थिए ।

२०७५ सालमा उनलाई सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको थियो । उनले चार पटक संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा काम गरेका छन् ।

उनले सुकीर्तिमय राष्ट्रदीप तृतीय, सुप्रबल जनसेवाश्री, गोरखा दक्षिण बाहु चौथो लगायत ८ वटा विभूषण, मानपदवी, पदक तथा अलंकार प्राप्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट ग्रामिण विकास, समाजशास्त्र, राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय मानवीय कानूनमा गरी चार संकायमा उनले स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४