Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सशस्त्र र नेपाल प्रहरीको आईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १८ २०७९
  • 10.6K
    SHARES

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख नियुक्ति गर्ने उदेश्यले मन्त्रिपरिषदकाे बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदकाे बैठक आज (आइतबार) बस्ने भएकोे हाे । प्रहरीका दुवै संगठनका प्रमुखहरूले आइतबारदेखि अनिवार्य अवकाश पाउँदैछन। नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी अनिवार्य अवकाशमा जाने भएका हुन् ।

सशस्त्र प्रहरीमा राजु अर्याल महानिरीक्षक बन्ने लगभग पक्का जस्तै छ । सरकारले अर्यालले यस अघि नै अतिरिक्त महानिरीक्षकमा बढुवा गरिसकेको छ । तर ​नेपाल प्रहरीमा भने कसले नयाँ महानिरीक्षकको जिम्मेवारी पाउँछन् भन्ने अन्योल कायमै छ । महानिरीक्षक बन्न चार जना एआईजीहरू प्रतिस्पर्धामा छन ।

प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रविन्द्र धानुक प्रतिस्पर्धामा रहेका छन् । बरियतामा पोखरेल एक नम्बरमा रहेका छन भने दोस्रो नम्बरमा सिंह रहेका छन् ।

यिनै दुई मध्ये एक जना नयाँ महानिरीक्षक बन्ने सम्भावना रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४