Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कार्कीविरुद्धको उजुरी खारेज, कीर्ते गरेको विपक्षीको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १६ २०७९
  • 13.8K
    SHARES

विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । कोसी अस्पतालको विकास समितिको सदस्यमा बहाल रहेको भन्दै परेको उजुरी कार्कीले राजीनामा गरेको कागजात पेश गरेपछि खारेज गरेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अब कार्कीको उम्मेदवारी कायम भएको छ ।

कार्कीविरुद्ध जनता समाजवादी पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले कोसी अस्पताल विकास समितिको सदस्यमा बसेर लाभ लिएको दाबीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । कोशी अस्पताल विराटनगरले वैशाख १३ गते कार्की विकास समितिमा बहाल रहेको लिखित जवाफ दिएको थियो ।

उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ११ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएको दाबी पेश गरेकी थिइन् । कार्कीले दिएको राजीनामाको पत्र ७२९९ दर्ता नम्बरमा दर्ता भएको उल्लेख छ । तर मन्त्रालयले उपलब्ध गराएको कागजातमा ७२९९ दर्ता नम्बर सूर्य नेपाल प्रालिको नाममा रहेको छ ।

वैशाख १२ गते उपमेयरमा उम्मेदवारी दर्ता गर्दा कार्कीले अस्पताल विकास समिति सदस्यबाट राजीनामा नदिएको भन्दै उनका विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको थियो । तर कार्कीले वैशाख ११ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएको पत्र निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार पेश गरेकी थिइन् ।

नेकपा एकीकृृत समाजवादीकी स्थानीय कार्यकर्ता हिराकुमारी दाहालले स्वास्थ्य मन्त्रालयमा सूचना हकसम्बन्धी ऐन अनुसार सूचना माग गरेकी थिइन् । मन्त्रालयको दर्ता किताबमा वैशाख ११ गतेको दर्ता नम्बर ७२९९ सूर्य नेपाल प्रालिको पत्र दर्ता रहेको भनी सूचना अधिकारी गणेश श्रीवास्तवले जानकारी दिएका छन् ।

कार्कीले कीर्ते कागजात पेश गरेको भन्दै उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उम्मेदवारी सदरको निर्णय विरुद्ध अदालत जाने बताएका छन् ।

हेर्नुहोस् पत्र 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४