Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यसअघि पनि थियो सातामा २ दिन विदाको प्रचलन, यी हुन् विदासम्बन्धी तथ्य


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १५ २०७९
  • 32.7K
    SHARES

काठमाडौँ । सरकारले इन्धनको खपत घटाउन भन्दै सातामा दुई दिन सार्वजनिक विदा दिने भएको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार गरी २ दिन बिदा दिने निर्णय गरेको हो ।

तर, सरकारले सातामा दुईपटक विदा दिएको यो पहिलोपटक भने होइन । २०४७ सालमै अदालतमा सातामा २ दिने बिदाको चलन केही समय अभ्यास गरिए पनि २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै २ दिन बिदा दिन सिफारिस गरेको थियो ।

आयोगकै सिफारिसअनुसार २०५६ सालमा काठमाडौँ उपत्यकाबाट सातामा २ दिन बिदा दिने चलन पुनः सुरु गरिए पनि त्यो पनि असफल भयो । पटक पटक कुरा उठ्ने र कार्यान्वयन गर्ने प्रयाससमेत भए पनि पूर्ण तयारीका साथ नआउँदा पुरानै अवस्थामा फर्किनुपर्ने अवस्था एक वर्ष अघि अर्थात् २०७७ मङ्सिरमा पनि उठेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक समिति गठन गर्दै सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको थियो ।

सरकारले सातामा दुई दिन विदा दिने घोषणासँगै कार्यालय समय पनि हेरफेर गरेको छ । अब कार्यालय समय बिहान ९ः३० देखि बेलुकी ५ः३० बजेसम्म हुनेछ ।

यी हुन् नेपालमा कार्यालय समय र विदासँग सम्बन्धित तथ्य

नेपालमा सर्वप्रथम देव शमशेरले १० बजे देखि ५ बजेसम्म कार्यालय समय कायम गरेका थिए । पछि भिम शमशेरले कार्यालय समय १०-४ गरेका थिए । देव शमशेरकै पालाबाट दिइन थालेको सार्वजनिक विदा भिम शमशेरका पालामा शुक्रवार आधा दिन कार्यालय समय र शनिवार सार्वजनिक विदाका रूपमा कायम भएको इतिहास पाइन्छ ।

त्यस्तै, पद्म शमशेरले कार्यालय समय कार्तिकदेखि माघसम्म १०-४ र फागुनदेखि कार्तिकसम्मम १०-५ कायम गर्ने प्रचलन चलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४