Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिलामाथि दुर्व्यवहारको आरोपमा वडा सदस्यका उम्मेदवार पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १४ २०७९
  • 10.2K
    SHARES

विराटनगर । नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको रंगेली नगरपालिका–७ मा नेपाली काँग्रेस पार्टीबाट वडा सदस्य उमेदवार भएका शम्भु मण्डललाई झागडा गर्दै महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

गएराति महिलालाई दुर्व्यवहार गरेको आरोपमा मण्डललाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले जन प्रहारलाई जानकारी दिए।

वडा सदस्यका उमेदवार मण्डल बेलुका ९ बजे एकजना महिलाको घरमा पुगेर दुर्व्यवहार गरेको अरोप लागेको छ। उनले महिलाको हात समाएर घरभित्र तान्दै दुर्व्यवहार गर्न खोजेको आरोप छ। पीडित महिला र छिमेकी समेतले प्रहरीलाई खबर गरेपछि मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरूबीच मेलमिलापको प्रयास भइरहेको प्रहरीले जनाएको छ। वडा सदस्यका उम्मेदवार मण्डललाई सहयोग गरेको भन्दै अर्का ओजेस मण्डल पनि प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

रातीको समयमा झगडा गरेको र महिलामाथि दुर्व्यवहार भएको प्रहरीको भनाइ छ। महिलाबाट भने कुनै उजुरी नपरेका कारण के गर्ने भन्ने बारेमा छलफल भइरहेको प्रहरी निरीक्षक न्यौपानेले जन प्रहारलाई बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४