Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागीलाई फकाउँदै सत्ता गठबन्धन, नमाने कारबाही


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १४ २०७९
  • 6.6K
    SHARES

काठमाडौँ । सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने भएका छन् । गठबन्धन शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्ने भएका हुन् ।

देशभर कहाँ कति स्वतन्त्र उम्मेदवारी परेको छ भनेर तथ्याङ्क सङ्कलन भइरहेको कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलले जन प्रहारलाई जानकारी दिए । उनकाअनुसार तथ्याङ्क सङ्कलन सकिएपछि आजै शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्नेछन् ।

फिर्ता नभए पार्टी अनुशासनको कारबाही हुने उनको भनाई छ । ‘साझा उम्मेदवारबाहेकका साथीहरूलाई मनोनयन फिर्ता लिन आग्रह गर्छौँ । पार्टीमा उहाँहरूले गर्नुभएको योगदानको मूल्याङ्कन हुन्छ, नेता पौडेलले भने, ‘अहिलेलाई उहाँहरूले पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीको निर्णय मान्नुको विकल्प पनि छैन । यही आग्रह सबै साथीहरूलाई गर्छौँ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पनि सत्ता गठबन्धनका दलहरूले पालिका चुनावमा आफूखुसी दिएको उम्मेदवारी फिर्ता गराउन सबै ठाउँमा पहल भइरहेको बताए । ‘कतिपय पालिका र वडामा दलहरूले आ-आफ्नो दलका तर्फबाट मनोनयन दर्ता गराएका छन् । संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास भइरहेको छ,’ उनले भने, ‘गठबन्धनका दलहरूबीचको सहमति विपरीत भएको उम्मेदवारी फिर्ता हुन्छ, हामी संयुक्त रूपमा आग्रह गर्छौँ ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् । तर केही ठाउँमा गठबन्धनमा असहमति जनाउँदै उम्मेदवारी दर्ता भएको छ भने केहीमा पार्टीबाटै बागी उम्मेदवारी परेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४