काठमाडाैँ । सिन्धुलीकाे कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ ।
उनको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा उम्मेदवारी रद्द भएको हो ।
उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेका थिए । मंगलबार मुख्य निर्वाचन अधिकृत धुर्ब प्रसाद सापकोटाले एक सूचना जारी गर्दै निर्वाचन आयोगको सफ्टवेयरमा दर्ता हुन नसकेको जन प्रहारलाई जानकारी दिए ।
श्रेष्ठसँगै एक वडाध्यक्ष र सात वडासदस्यको उम्मेदवारी पनि रद्द भएको छ ।
